नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ। यही अवधिमा बुधबार सबैभन्दा बढी ४ हजार १ सय ७ जनामा कोरोना पुष्टि भयो। स्वयं परीक्षण गर्न जाँदा पनि यत्रो संख्यामा दैनिक संक्रमण पुष्टि भइरहेको छ। यो अवस्थालाई विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहरको सुरुवाती संकेतका रूपमा लिइरहेका छन्।
सक्रिय संक्रमितको संख्या फेरि ३४ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा उपचाररत रहनेको संख्या ३ हजार ३ सय १४ छ। १ सय ५८ जना भेन्टिलेटरमा उपचाररत छन्। त्यस्तै ७ सय १३ जना सघन उपचार कक्ष ९आईसीयू०मा उपचाररत छन्। मन्त्रालयले आगामी पाँच महिनाभित्र १ लाख ९३ हजार ८ सय ५६ जना संक्रमित थपिने प्रक्षेपण गरेको छ। जसमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने देखिन्छ। ९ हजार ६ सय ९३ जनालाई सघन उपचार ९आईसीयू० आवश्यक पर्न सक्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
यो पनि पढौ स् भाइरल युवा भन्छन, “२र४ तोला सुन लगाउँछु, यो मेरो शोख हो”
यति बेला सामाजिक संजलाहरुमा एउटा त्यस्तो फोटो भाइरल बनिरहेको छ, कि घाँटीमा दाम्लो जस्तो मोटो सुनको सिक्री लगाएका एक युवाले निधारमा कालो फेटा बाँधेका छन् र ‘जमिन त खोसिस् सरकार, नागरिकता पनि खोस् १’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका छन् । यी प्लेकार्डधारी सरकारले देवि प्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार काठमाण्डौको मनोहरा सुकुम्बासी बस्तीबाट मुल सडकसम्म निकालिएको जुलसमा सहभागीमध्येका एक हुन्। युवा संघको त्यही प्रदर्शनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यस फोटोले सबैतिर ब्यापक चर्चा पाएको छ सबैतिर। घरबार नभएर सरकारी जग्गामा बस्ने सुकुम्बासीका घाँटीमा यति ठुलो सुनको सिक्री देखेर सबैले आस्चर्य मानेका मात्र हैनन्, त्यसको बिरोध पनि गरेका छन। सबैको तर्क के छ भने “त्यति ठुलो सुनको सिक्री लगाउन सक्नेलाई केको सुकुम्बासीमा जग्गा चाहियोरु यी सक्कली सुकुम्बासी हुने सक्दैनन्। यस फोटोले गर्दा सुकुम्बासीको नाममा हुकुम्बासीहरु हाबी भएको टिप्पणी गर्न थलिएको छ। तर सामाजिक संजालमा भाइरल ती युवाले आफु सकुम्बासी नभई युवा संघको कार्यकर्ता भएको बताएका छन्।
समाचारस्रोतले दिएको जानकारी अनुसार, भाइरल ती युवा सिन्धुलीको कमलामाई नगरपालिका घर भएका वीरबहादुर श्रेष्ठ ९सुमन० हुन् र उनी हाल कोटेश्वर बस्छन् । उनले आफू सुकुम्बासी नभई युवा संघमा अवद्ध रहेको र पीडितहरूको पक्षमा आवाज उठाउन गएको बताए का छन् । भूमिसमस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध वा समर्थन गर्नु आफ्नो अधिकार भएको भन्दै उनले भने, ‘म २र४ तोला सुन लगाउँछु, यो मेरो शोख हो । सुन लगाएँ भन्दैमा मैले सुकुम्बासीकाृ पक्षमा बोल्न पाउँदिनँ रु ’




