युरो २०२० अन्तर्गत डेनमार्कको सुरुवाती खेलमा क्रिस्ट्रियन इरिक्सन मैदानमै ढलेका थिए । कार्डियाक एरेस्टका कारण मैदानमै ढलेपछि यी खेलाडीको भविष्य पनि अन्योलमा थियो । अहिले उनी इन्टर मिलानको अभ्यास मैदानमा देखिएका छन् । उनको स्वास्थ अवस्था पनि सुधार हुँदै गएको क्लबले जनाएको छ । इरिक्सनलाई इन्टर मिलानको मेडिकल टिमले स्वागत गरेको थियो । त्यसपछि क्लबले उनको स्वास्थ परीक्षण गर्यो ।
‘इरिक्सन मानसिक र शारिरिक रुपमा निकै सुदृढ अवस्थामा छ’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘डेनिस डाक्टरहरुले कोपेनहेगनमा उनको उपचार गर्नेछन् । यी डाक्टरहरुले इन्टर मिलानको मेडिकल टिमलाई उनको स्वास्थबारे पनि जानकारी दिनेछन् ।’
यद्यपि, इरिक्सनलाई कार्डियाक एरेस्ट हुनासाथ उनको शरीरमा पेसमेकर जडान गरिएको थियो । इटालियन फुटबल संघको नियमले शरीरमा त्यस्ता उपकरण जडान गरिएका खेलाडीलाई सिरिएमा खेल्ने अनुमति दिँदैन । इन्टरले हाकन काल्हानोग्लुलाई यस सिजन आबद्ध गरिसकेको छ । उनले इरिक्सनको साटो खेल्नसक्छन् । स्वास्थ सुधार भएपछि इरिक्सनको करियर कसरी अघि बढ्छ, हेर्न बाँकी छ ।
अभ्यासमा फर्किए इरिक्सन, करियर अझै अन्यौलमै
अभ्यासमा फर्किए इरिक्सन, करियर अझै अन्यौलमै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




