पोखरामा गत असारमा हराएको स्कुटर कास्की प्रहरीले खोजतलास गरेर सवारी धनीलाई शुक्रबार बुझाएको छ ।
पोखरा महानगरपालिका १७ हिमालीटोल बस्ने विष्णु माया थापाको ग ४ प ६७४९ नं को स्कुटर हराएको थियो । सवारी धनी थापाले स्कुटर हराएको भनी असार १९ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिनु भयो ।
प्रहरीका अनुसार स्कुटर हराएको निवेदन पश्चात् खोजतलास गर्दा असार २५ गते अस्थायी प्रहरी विट नदिपुरबाट खटिएको प्रहरी टोलीले पोखरा १ नदिपुरबाट फेला पारी जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएकोमा थियो ।
सो स्कुटर शुक्रबार सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरिएको सो कार्यालयले जनाएको छ ।




