राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आज बन्द प्रशिक्षणको टुङ्गो लगाएको हो । दक्षिण एसियाली फुटबल च्याम्पियनसिप ९साफ० र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले पोखरामा तयारी गर्ने छ । नेपालमा आगामी भदौमा भारतसित हुने दुई मैत्रीपूर्ण खेलको तयारीमा नेपाली टोली जुटेको हो ।
बन्द प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने भएपछि उनीहरुको ठाउँमा शिशिर लेखि र सेसेहाङ आङ्देम्बेलाई टोलीमा सहभागी गराइने एन्फाले जनाएको छ । यस्तै गोलकिपरका रूपमा विशाल सुनारलाई पनि बन्द प्रशिक्षणमा सहभागी गराइने भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीलाई प्रशिक्षण दिनेछन् । आगामी अक्टोबरमा १३औँ साफ च्याम्पियनसिप आयोजना हुने भएको छ ।
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




