पछिल्लो २४ घण्टामा नेपालमा ३४८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २६१६ र एन्टिजेन विधिबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप १८८५ जना कोरोना संक्र’मण मुक्त भएका छन् । आज संक्रमणबाट थप ३० जनाको मृ’त्यु भएको छ ।
यो पनि पढौ स्एमसीसीमा राष्ट्रिय सहमति होस् – सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना ९एमसीसी०मा राष्ट्रिय सहमति हुने आशा व्यक्त गरेका छन् । बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् ।
एमसीसीमा राष्ट्रिय सहमति भएमा यसलाई अघि बढाउन सजिलो हुने उनको भनाई छ । एमसीसी जनताको घर(घरमा पुगेको विषय भएको बताउँदै सापकोटाले भने, ‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घर(घरमा पुगेको विषय छ ।’
यदि राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने उनले बताए । सो परियोजना अनुमोदनका लागि संसदमा विचाराधीन छ ।




