फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ ९फिफा०ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१ औँ स्थानमा रहेको थियो ।
नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अङ्क ९६८ रहेको थियो । अहिलेको नयाँ वरियतामा नेपालले चार अङ्क बटुल्दै ९७२ बनाएको छ ।
फिफा वरियतामा नेपालको सुधार
फिफा वरियतामा नेपालको सुधार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




