एजेन्सी । बेलायतको दक्षिणपश्चिमी शहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गो”ली लागी एक बालिकासहित कम्तीमा तीन जनाको मृ’त्यु भएको बेलायती प्रहरीले शुक्रबार पुष्टि गरेको छ ।mप्रहरीले भनेको छ, “बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध गो’ली चलाएको र उक्त घ’टनामा मा’रिनेमा एक तीन बर्षीया बालिका, उनका दुई आफन्त रहेका छन् भने अन्य दुई छिमेकी सामान्य घा’इते भएका छन् ।”
बेलायतमा ११ वर्षमा पहिलोपटक भएको समूह लक्षित गो’लीका’ण्डमा भएको हो । डेवन एण्ड कर्नवाल प्रहरीका अनुसार २२ वर्षीय ह’त्या’रा जेक डेभिसनले तीन बर्षीया बालिका, उनका आफन्त र अन्य तीन व्यक्तिलाई गो’ली हा’नेपछि आफूलाई पनि गो’ली हा’नेका प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । घ’टनामा घा’इते भएका दुबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । घ’टनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।




