तालिवानको बढ्दो हिंसाको कारण देश छाड्न बाध्य भएका अफगानिस्तानका नागरिकहरूलाई मद्दत गर्ने क्यानडाले घोषणा गरेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले यसबारे जानकारी दिँदै ट्वीटरमा लेखेका छन्, ‘अफगानिस्तानमा स्थिति खराब हुँदैछ र त्यहाँका जनताको जीवन खतरामा छ । उनीहरूको मद्दतका लागि हामी रिसेटल्मेन्ट प्रोग्राम विस्तार गरिरहेका छौँ । हामी प्रभावित बनेका २० हजार जना अफगानिस्तानका जनतालाई शरण दिन्छौँ र यो प्रक्रियालाई चाँडो बनाउँछौँ ।’
अध्यागमन मन्त्री मार्को मेन्डिसिनोले यस योजनामा महिला, नेता, मानवअधिकार कार्यकर्ता, पत्रकार, अल्पसङ्ख्यक समुदाय, एलजीबीक्यूआईका सदस्यहरूलाई पहिलो प्राथमिकता दिइनेछ जसलाई तालिवानबाट खतरा छ । ‘अफगानिस्तानको स्थिति दयनीय छ र क्यानडा त्यहाँको जनताको साथमा छ,’ उनले भने ।
अफगानिस्तानका २० हजार जनतालाई हामी शरण दिन्छौँ : क्यानडाका प्रधानमन्त्री
अफगानिस्तानका २० हजार जनतालाई हामी शरण दिन्छौँ : क्यानडाका प्रधानमन्त्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




