आफ्नै घरको छतबाट खसेका एक जना सैनिक हवल्दारको निधन भएको छ।
तनहुँको खैरेनीटारस्थित ३ नं बाहिनीमा हवल्दार पदमा कार्यरत व्यास नगरपालिका वडा नम्बर ३ देउरालीनगर निवासी ३७ वर्षिय सैनिक हवल्दार लछुमन् थापाको आफ्नै घरको छतबाट खसेर नि’धन भएको हो
घर बिदामा रहेका उनी आईतबार राती आफ्नै घरको दुई तल्लामाथिबाट खसेको प्रहरीले प्रारम्भिक विवरण दिएको छ । घरको दुई तलाबाट तल सडकमा खसेका थापालाई तत्काल उनको छिमेकी र परिवारले उ’द्धार गरेर उप’चारका लागि दमौली अ’स्पताल पुर्याएको प्राप्त समा’चारमा जनाइएको छ।
गम्भीर बिरामी बनेका थापाको सोही अस्पतालमा उपचार हुँदाहुँदै दमौली अस्पतालमा आईतबार राती निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रबक्ता डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी तिमल्सेनाले बताए ।




