पोखरा । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रदेश प्रमुख मिश्रलाई शपथ दिलाएकी हुन्।
संविधानको धारा १६७ बमोजिम मिश्रले राष्ट्रपति भण्डारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।




