रोमाको म्यानेजरको रुपमा पहिलो प्रतिस्पर्धात्मक खेलमा जोसे मोरिन्होले विजयी शुरुवात गरेका छन् । युरोपा कन्फरेन्स लिग प्लेअफको पहिलो लेगमा रोमाले टर्किस टोली ट्राबजोनस्पोरलाई २–१ गोलले हरायो ।
रोमाको म्यानेजरको रुपमा पहिलो प्रतिस्पर्धात्मक खेलमा जोसे मोरिन्होले विजयी शुरुवात गरेका छन् । युरोपा कन्फरेन्स लिग प्लेअफको पहिलो लेगमा रोमाले टर्किस टोली ट्राबजोनस्पोरलाई २–१ गोलले हरायो ।
हेनेरिक मिखितारिनको क्रसमा रोमाका कप्तान लोरेन्जो पेलेग्रिनीले रोमालाई अग्रता दिलाए । तर, आन्द्रेयास कोर्नेलियसले बेञ्चबाट मैदान प्रवेश गर्दै खेल बराबरी गरे । खेलको ८१ औँ मिनेटमा उज्बेकिस्तानका स्ट्राइकर एल्डोर सोमुरोडोभले गोल गर्दै टोलीलाई जीत दिलाए ।
अर्को बिहीबार स्टाडियो ओलिम्पिकोमा हुने दोस्रो लेगमा हार नबेहोरे तेस्रो तहको नयाँ युरोपियन प्रतियोगिताको समूह चरणमा प्रवेश पाउने छ । रोमाले आइतबार सिरिए एको पहिलो खेलमा फ्लोरेन्टिनाको सामना गर्दैछ ।
उता, प्रिमियर लिग टोली टोटनह्याम हटस्पर्स भने पाकोस डे फेरेरियासँग १–० ले स्तब्ध बनेको छ । आइतबार म्यानचेस्टर सिटीलाई हराएको टोलीमा ११ जना खेलाडी परिवर्तन गरेर नुनो एस्पेरितो सान्तोले टोली मैदानमा उतारेका थिए ।
टोलीले पोर्चुगलमा निरश खेल प्रदर्शन गरेको थियो । लुकास सिल्भाले खेलको ४५ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । बिहीबार स्पर्सको घरेलु मैदानमा दोस्रो लेग खेलिनेछ ।