पोखरामा निषेधाज्ञाको उल्लङ्घन गर्ने २१३ वटा सवारीसाधनलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको छ ।कास्की जिल्लामा प्रशासनले गएराति १२ बजेदेखि लागू हुने गरी थप गरेको निषेधाज्ञाको उल्लङ्घन गर्ने १८८ वटा दुई पाङ्ग्रे तथा २५ वटा चार पाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रहरी प्रमुख, एसपी रमेश थापाले जानकारी दिनुभयो ।
आजबाट कास्की प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरेकोमा बिहान ५ बजेदेखि १२ बजेसम्म त्यसको उल्लङ्घन गर्दै सञ्चालन भएका सो सङ्ख्याका सवारीसाधनलाई नियन्त्रणमा लिइएको एसपी थापाले बताउनुभयो ।




