प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०१० जनामा गरिएको नमुना परीक्षणमा थप ३१९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १७३ जना, तनहुँका २३ जना, गोरखाका ४७ जना, लमजुङका १७ जना र नवलपुरका १७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका २३ जना, पर्वतका एक जना, बागलुङका १३ जना र म्याग्दी जिल्लाका पाँच जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७८ हजार ४६९ पुगेको छ ।




