हिजो राती अमिताभ बच्चन आफ्नी छोरी श्वेता बच्चनसँग लीलावती अस्पताल बाहिर देखिए । उनको फोटो सोसल मिडियामा भाइरल भएपछि प्रशंसकले अमिताभलाई नै केही भएको हो कि भनेर विभिन्न अड्कलबाजी गरे । तर वास्तवमा अमिताभ अभिषेक बच्चनलाई हेर्न अस्पताल पुगेका थिए जो हात भाँच्चिएका कारण अस्पतालमा भर्ना भएका थिए । सार्वजनिक भएका फोटोमा श्वेता र बिग बी निकै उदास देखिएका छन् ।
यस्तै अर्कोतर्फ आफ्नो फिल्मको सुटिङ गर्न ओरछा गएकी ऐश्वर्या राय बच्चन पनि श्रीमान अस्पताल भर्ना भएको खबर पाएपछि आराध्यालाई लिएर मुम्बई फर्किइन्
स्मरण रहोस्, अभिषेक बच्चनलाई हालै चोट लागेको थियो । उनका औंलाहरुमा निकै चोट लागेको छ र ती फ्याक्चर पनि भएका छन् । उनको हातमा ब्यान्डेज बाँधिएको छ । हाल उनी उपचारका लागि लीलावती अस्पतालमा भर्ना भएका छन् । ।




