पोखरामा नहरले बगाएर एक बालिका बेपत्ता भएकी छन्
मंगलबार बिहान अन्दाजी ९:४५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं -२६ कालिका चोक स्थित नहरले बगाएर सोलुखुम्बु जिल्ला घर भइ हाल बुढिबजार बस्दै आएकी ११ वर्षीया दिपसिका भुजेल बेपत्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार खेलिरहेको बेला बालिका अचानक नहरमा खस्दा बगाएर बेपत्ता भएकी हुन्। घटनाको जानकारी पश्चात खटिएको प्रहरीको टोलि र स्थानीयले खोजीकार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ।




