पानीपुरीको नाम लिनसाथ तपाईंको मुखमा पानी आउँछ । गोलाकार पुरी, आलु (मसला र अमिलो (टर्रो पानी । खासगरी युवतीहरु यो खान्कीमा लोभिएका छन् ।
पानीपुरी स्ट्रिट फुड हो । शहरका सडक किनारमा जताततै पानीपुरी उपलब्ध छ । अहिले चिनियाँ परिकार ‘लाफिङ’ जहाँ बेचिन्छ, त्यहाँ पानीपुरी पनि उपलब्ध गराइन थालिएको छ । पानीपुरी खासमा भारतिय परिकार हो । अर्थात भारतको रैथाने परिकार ।
पिरो, अमिलो, टर्रो स्वादको यो परिकार सडकदेखि रेष्टुरेन्टको मेनुमा सम्म उपलब्ध हुन थालेको छ ।शहरका यस्ता चोक र गल्ली सायदै होलान्, जहाँ पानीपुरीको दोकान छैन । रमाइलो त के भने अक्सर पानीपुरी युवतीहरुको प्रिय खान्की हो । जहाँ पानीपुरीको दोकान थापिन्छ, त्यहाँ युवतीको झुन्ड देखिन्छ ।https://www.facebook.com/100006248943888/videos/348622946810091/
यसैबीच पानीपुरीमा पि’साब मिसाइएको भिडियो सार्वजनिक भएको छ। उक्त घटना भारतको आसामस्थित गु’वाहाटी क्षेत्रको हो। भिडियोमा ठे’लावालाले जगमा पि’साब गरेर पानीपुरीमा पानीमा मि’साइरहेको देखिन्छ। उक्त भिडिओ भाइरल बनेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ।
ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो।




