• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गण्डकी प्रदेशका ११ मन्त्रीमध्ये ९ जनाले आफ्नो सम्पत्ति विवरण बुझाए

  •  संवाददाता
  • बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    Advertisement

    गण्डकी सरकारमा जिम्मेवारी पाएका मन्त्रीहरुले केही ढिलोगरी सम्पत्ति विवरण बुझाएका छन् । प्रदेशका ११ मन्त्रीमध्ये ९ जनाले आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् । युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे र कृषिमन्त्री चन्द्र बुढाले भने विवरण पेश गरेका छैनन् । नियमअनुसार उनीहरुले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हो ।

    मुख्यमन्त्रीको मनग्ये जायजेथा

    सरकारको नेतृतव गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग काठमाडौंमा १५ आना जग्गा १५ लाखमा खरिद गरेको देखिन्छ । तनहुँमा साढे ६ रोपनी जमिनसहित श्रीमती लता पोखरेलको नाममा ३ आना ४ पैसामा बनेको साढे २ तले पक्की घर रहेको खुलाएका छन् ।
    उनको ५ लाख रुपैयाँ एभरेष्ट बैंकमा बचत छ । उक्त रकम तलव बापत प्राप्त भएको भनिएको छ । ५ तोला पैतृक सुन देखाएका छन् । २०७६ सालमा उनले कृषि विकास बैंकबाट २५ लाख ऋण लिएपनि उक्त रकम फिर्ता अहिलेसम्म फिर्ता नगरेको विवरणमा देखिएको छ ।

    अर्थमन्त्रीको एक करोड ऋण

    अर्थमन्त्री रामजी बरालको कास्कीमा मात्र जग्गा रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनको पोखरामा २२ मा १ रोपनी ४ आना जग्गा छ । सोही ठाउँमा थप ७ हजार २ सय ५ वर्गमिटर पैतृक जग्गा, ४७ लाखमा किनेको थप जग्गा पनि छ ।

    उनको नाममा १० हजारको शेयर छ । नगद ३ लाख र सुन ४ तोला रहेको छ । छोरा र बुहारीको नाममा २ वटा मोटरसाईकल र एउटा स्कुटर छ । ६० हजारमा किनेको एउटा गाई पनि छ । २०७७ सालमा एनआईसी एसिया बैंकबाट एक करोड ऋण लिएका छन् । त्यो रकम तिरेको देखिँदैन ।

    भौतिकमन्त्रीको भरपूर सम्पत्ति

    भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्कासँग पोखरा १६ दीपमा ३८२ वर्गमिटर जग्गा र पक्की घर छ । उक्त सम्पत्ति पैतृक भएको उनले खुलाएका छन् । उनकी श्रीमती कमला खड्काको नाममा पोखरा ३३ मा २२२ वर्गमिटर जग्गा छ । माइतीतबाट प्राप्त जग्गासँग साटफेर गरेको खुलाइएको छ ।

    उनीसँग एक करोड ३२ हजार नगद छ भने ५६ लाख ५० हजारको शेयर छ । उनले ८५ लाख रुपैयाँ अरुलाई ऋण दिएका छन् । यसबाहेक ९५ तोला सुन र ४३ लाख पर्ने फोर्ड गाडी छ ।

    ऊर्जामन्त्रीको धनभन्दा ऋण बढी

    ऊर्जामन्त्री हरिशरण आचार्यको बुबाको नाममा क्षेत्रफल नखुलेको गोरखा पालुङटारमा जग्गा छ । ८ तोला सुन र ५ तोला चाँदी रहेको पनि सम्पत्ति विवरणमा देखाइएको छ । श्रीमती गंगा सुनारको नाममा पालुङटारमै ३ लाखमा खरिद गरेको जग्गा देखाएका छन् ।

    उनको विभिन्न बैंकमा ५० हजार नगद छ भने कृषि विकास बैंक र प्रभु बैंकबाट ५० लाख ऋण लिएका छन् । हालसम्म १० लाख मात्रै तिरेको देखिन्छ । बैंकबाट लिएको ऋणबाटै फर्निचर उद्योग खोलेको विवरण बुझाइएको छ ।

    कानूनमन्त्रीको अकुत सम्पत्ति

    कानून, सन्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाको पोखराका विभिन्न ठाउँमा ६ वटा घर देखाइएको छ । उनको १०९ कित्तामा जग्गा छ भने ठाउँठाउँमा होटलहरु छन् ।

    दुईवटा गाडी, पाँच वित्तीय संस्थामा ऋण तथा होटेल, ट्रेड हाउस, मल, रिसोर्टलगायतमा लगानी छ । सम्पत्ति विवरणअनुसार मन्त्री थापा सबैभन्दा धनी देखिएका छन् ।

    १५ तोला हीरासहित ९० तोला सुन, ५० तोला चाँदी पनि उनले देखाएका छ । विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात, साढे सात लाख कित्ता सेयर देखाएका छन् । सबै सम्पत्ति सगोलमा जोडिएको छ । उनको विभिन्न बैंकमा ३० करोड हाराहारी ऋण देखिन्छ ।

    दीपक थापाको सुन्तला बगैंचा

    वनमन्त्री दिपक थापाको नाममा स्याङजा र पोखरामा जग्गा छ । स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर २ मा पैतृक र खरिद गरेको जग्गा र पोखरा १४ मा ४० लाख तिरेर १७८ वर्गमिटर जग्गा किनेका छन् ।

    स्याङ्जाको ८ रोपनीमा उनले सुन्तला बगैंचा बनाएका छन् । विभिन्न बैंकमा १५ हजार नगद देखिन्छ । ३० तोला सुन र २० तोला चाँदी पैतृक छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६१ लाख ५० हजार ऋण लिएको देखाएका छन् । २५ वटा बाख्रा, ७५० बोट सुन्तला, ६ रोपनी जग्गामा नर्सरी सम्पत्तिको रुपमा उनले खुलाएका छन् ।

    स्वास्थ्यमन्त्रीको स्कुटर

    स्वास्थ्यमन्त्री मधुमाया अधिकारीसँग लमजुङ, चितवन र मकवानपुरमा पनि जग्गा छ । उनले शहीद परिवार राहतका रुपमा पाएको रकम जग्गामा लगानी गरेकी हुन् । ३ तोला सुन, विभिन्न बैंकमा ८ लाख ६० हजार नगद र एउटा स्कुटर रहेका सम्पत्ति विवरणमा खुलाएकी छिन् ।

    मेखलालको ८ करोड ऋण

    शिक्षामन्त्री मेखलाल श्रेष्ठले सम्पत्तिको नाममा १५ लाख नगद, १ किलो १९ तोला सुन, ७ किलो २ तोला चाँदी र एउटा हिराको औंठी देखाएका छन् । उनीसँग करिव ८ करोड ऋण छ भने भीरकोटमा सुन्तला बगैंचा छ । मन्त्री श्रेष्ठको स्याङजा र काठमाडौंमा दुईवटा घर छन् । व्यापार र पैतृक रुपमा आर्जन गरेका काठमाडौं, पोखरा र स्याङजाका ठाउँठाउँमा जग्गाहरु छन् ।

    मणिभद्रसँग ८५ लाखको शेयर

    पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मणिभद्र शर्माको बाग्लुङ रुपन्देही र चितवनमा जग्गा छ । चितवनमा ३६ लाखको जग्गा किनेका छन् । रुपन्देहीमा ५७ लाख ३५ हजारको जग्गा किनेका छन् भने चितवनमा थप २७ लाख ३५ हजारमा जग्गा खरिद गरेको देखाइएको छ ।

    यसबोहक बागलुङकै नरेठाँटीमा श्रीमतीको नाममा ८ लाख ४० हजारको जग्गा खरिद गरिएको छ । लेखानीमा पैतृक जग्गा छ । उक्त जग्गाहरु ऋणमा लिएको उनले खुलाएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा सवा २ लाख नगद छ । उनीसँग विभिन्न कम्पनीको ८५ लाखको शेयर छ भने २ करोड ४० लाख ऋण देखाएका छन् ।

    बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.