होटलमा लगेर १५ बर्षिया किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले एक १५ बर्षिय किशोरलाई पक्राउ गरेको छ ।
मालिका गाउँपालिका ५ बस्ने १५ वर्षीय किशोरले लाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई भदौ २ गतेदेखि १२ गतेसम्म वेनी बजारस्थित होटल शिखर र होटल डल्फिनमा लगि ती किशोरले पटक९पटक जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका९४ जाँई बस्ने १६ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई ती किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर वेनीमा शनिबार पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर वेनीमा शनिबार पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




