आज पोखरामा उपचाररत ४ जनाको कोरोना संक्रमणबाट दुखद निधन भएको छ भने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय आज निकालेको विज्ञप्ति अनुसार गण्डकीमा पनि ५ जना कोरोना संक्रमितको निधन भएको हो । आज कोरोना संक्रमणबाट ४ जिल्लाको व्यक्तिको निधन भएको हो । आज कोरोना संक्रमणबाट कास्की जिल्लाको २ जना , बाग्लुङ्ग जिल्लामा १ जना , तनहु जिल्लामा १ जना र स्याङ्जा जिल्लामा १ जनाको नि’धन भए संगै हाल सम्म गण्डकीमा नि’धन हुनेको संख्या १३०० पुगेको छ ।
यस्तै आज कास्कीमा १४७ सहित गण्डकीमा २३५ जनामा को’रोना संक्रमण पुस्टि भएको छ। आज कोरोना संक्रमण पुस्टि हुने जिल्लाहरु ८ रहेका छन्। आज कास्कीमा १४७ जना , म्याग्दीमा २ जना ,पर्बतमा २ जना,लमजुङ्गमा २५ जना,तनहुमा १३ जना ,बाग्लुङ्गमा २ जना , स्याङ्जामा २८ जना र नवलपरासीमा १६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। गण्डकीमा आज थपिएका २३५ जना संसकमित सहित हाल सम्मका गण्डकीमा ८१८१० जनामा संक्र’मण पु’स्टि भएको छ ।
पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३१९ रहेको छ। यो संगै गण्डकी प्रदेशमा हाल सम्म को’रोना संक्र’मण मुक्त हुनेको कुल संख्या ७७०२२ पुगेको छ ।




