नेपाल – भारत बीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएको छ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
नेपालका लागि खेलको ३६ औँ नेपालका लागि अन्जन बिष्टले गोल गरेका थिए । भारतीय खेलाडीले आफ्नै गोलकिपरलाई पास दिने क्रममा गोल लाइनमा रहेका अन्जनले बल खोसेर खेलको ३६ औँ मिनेटमा गोल गरेका हुन् ।
यस्तै, खेलको ६० औँ मिनेटमा भारतका लागि सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका थिए ।




