दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल भारतसँग २(१ले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित रोकिएको खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले ६२ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । फारुख ४६औँ मिनेटमा विपीन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले नेपाल डिफेन्सको फाइदा उठाउँदै गोल गरे ।
यसरी नै ८०औँ मिनेटमा भारतका सुनिल क्षत्रीले अर्को गोल गर्दै भारतलाई २ गोलको अग्रता दिलाए । त्यसपछि ८७औं मिनेटमा नेपालका लागि तेज तामाङले एक गोल फर्काउन सफल भएपनि भारत २(१ ले विजयी बन्यो ।
बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो ।




