• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

तत्काल चालक अनुमतिपत्रका लागिफारम नखुल्ने

  •  संवाददाता
  • बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    Advertisement

    यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झण्डै ६ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो ।
    फारम भरेका झण्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाइने विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए । उनले भने, “दशैँसम्ममा दुई, तीन लाख परीक्षार्थी सहभागी भएमा यसपछि खुलाइनेछ ।” फारम भरेका सेवाग्राहीले परीक्षामा सहभागी हुन पाएका छैनन् भने परीक्षामा पास भएका झण्डै सात लाखले अझै ‘स्मार्ट’ चालक अनुमतिपत्र पाउन बाँकी छ । विभागले अनुमतिपत्रका लागि कार्ड खरिद गरे पनि प्राविधिक समस्याका कारण कार्ड आइसकेको छैन । अहिले विभागसँग झण्डै दुई हजार कार्ड मात्रै बाँकी रहेको उनले बताए ।
    विभागले मिसनमा जाने सुरक्षाकर्मी र चालकका रुपमा रोजगारीमा जानेका लागि मात्रै अनुमतिपत्र दिने गरेको छ । उनले भने, “सर्वसाधारणका लागि छपाइ हुँदैन, प्रवेशाज्ञा र टिकट देखाएपछि अत्यावश्यक हेरेर मात्रै छपाइ हुन्छ ।” केही महिनाभित्रमा कार्ड नआएमा अत्यावश्यक कामका लागिसमेत अनुमतिपत्र दिन गाह्रो पर्नसक्ने विभागका प्रवक्ता डा।भुसालले बताए । दशैँसम्ममा कार्ड आइपुगेमा समस्या नहुने बताइएको छ ।
    परीक्षा पास भएको लामो समयसम्म पनि सेवाग्राहीले अनुमतिपत्र नपाएपछि अहिले यातायात कार्यालयले अस्थायी प्रकृतिको अनुमतिपत्र वितरण सुरुआत गरेको छ । कोरोना नियन्त्रणका लागि केही समय पहिलेसम्म निषेधाज्ञा भएकामा त्यो हटेसँगै यातायात कार्यालयले परीक्षा पास गरेकालाई परीक्षणकालीन अनुमतिपत्र दिन थालेका हुन् । यो अनुमतिपत्र कार्यालयले आफैँ छापेर एक वर्षका लागि दिने गरेको प्रवक्ता डा।भुसालले बताए । यसका लागि विभागले प्राविधिकलाई तालिम दिएको छ भने प्रदेश सरकारअन्तर्गतका कार्यालयले छाप्ने उपकरण ९प्रिन्टर० किनेको छ । विभागले गत १० गते गरेको निर्णयका आधारमा कार्यालयले आवेदन दिएका सेवाग्राहीको परीक्षा सञ्चालन गरिरहेका छन् । काठमाडौँ उपत्यकामा रहेका चारवटै कार्यालयले सेवा सुरु गरिसकेका छन् । उपत्यका बाहिरका कतिपय जिल्लाले सुरु गरिसकेका छन् भने केहीले सुरु गर्दैछन् ।
    परीक्षणकालीन चालक अनुमतिपत्रको व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको छ । ऐनमा भएको व्यवस्था लामो समयसम्म कार्यान्वयन हुन नसकेकामा अहिले भइरहेको छ । सेवाग्राहीलाई उसले पाउने सङ्केत नम्वर ९क्यूआर० नम्बरसहितको अनुमतिपत्र दिइएको हो । यसले गर्दा सेवाग्राहीले परीक्षा पास गरेको लामो समयसम्म भौचर लिएर हिँड्नुपर्ने बाध्यता हट्ने उनले बताए । उनले भने, “यो व्यवस्थाबाट सेवाग्राही र ट्राफिक प्रहरीलगायतलाई सजिलो भएको छ ।”

    ऐनमा नै व्यवस्था भए पनि परीक्षणकालीन अनुमतिपत्रलाई निरन्तरता दिने नदिने भन्नेमा विभाग नै स्पष्ट छैन । विभागले फ्रान्सेली कम्पनीमार्फत खरिद गरेको १४ लाख कार्ड आएपछि यसलाई निरन्तरता दिने कि पास गर्नासाथ ‘स्मार्ट’ चालक अनुमतिपत्र दिने भन्नेमा छलफल भइरहेको विभागले जनाएको छ ।

    ऐनमा परीक्षणकालीन अनुमतिपत्र पाएको अवधि एक वर्षभित्र दुर्घटना नगरेमा स्थायी दिने उल्लेख छ । उनले भने, “यो कार्ड शुरु गरेपछि सेवाग्राहीलाई मैले पास गरेँ मसँग लाइसेन्स छ भन्ने अनुभूति हुने रहेछ ।” अहिले परीक्षणकालीन अनुमतिपत्र पाउँदा त्यो समेत नै पाँच वर्षको हुनेछ । एउटा प्रकारको सवारीको अनुमतिपत्र लिँदा सेवाग्राहीले अर्को प्रकार थप्दा पहिलेको मिति कायम हुन्छ । त्यसरी अहिले पनि परीक्षणकालीन अनुमतिपत्रसमेत गरी पाँच वर्ष रहेको छ ।

    विभागले खरिद गरेको कार्ड आपूर्तिमा ढिलाइ भइरहँदा सेवाग्राही हैरान छन् । फ्रान्सेली कम्पनीले कार्ड ल्याउनुपर्ने भए पनि कार्ड ल्याउनुपर्ने एउटा र सिस्टम अर्को कम्पनीको भएकाले समस्या आएको प्रवक्ता डा।भुसालले बताए । दुई कम्पनीलाई एक ठाउँमा राखेर समस्या के हो पत्ता लगाएर समाधान गर्न भनिएको छ । उनीहरुले धेरै महिना लगाएर समस्या पत्ता लगाएका छन् । पुरानो कम्पनीको सिस्टमले ल्याएको ‘इनपुट’ कार्डमा छापिन समय लागेको बताइएको छ । फ्रान्सेली कम्पनीले पछिल्लो पटक पठाएको कार्ड यहाँ परीक्षण गर्दा पुरानो प्रणालीमा छापिनसक्ने देखिएको विभागले जनाएको छ ।

    ‘मास प्रिन्टर’ खरिद गरिएको भारतीय कम्पनीले पनि केही कार्ड पठाएपछि त्यसको स्थायित्व परीक्षण गर्छौं भनेको उनले बताए । कार्ड लगातार छापिँदा कुनै समस्या आउँछ कि आउँदैन हेर्नका लागि कार्ड अहिले भारत पठाइएको छ । राम्रो भयो भने पनि स्वीकार गर्ने र त्यसपछि मात्रै कार्ड आउन थाल्ने प्रवक्ता डा। भुसालले बताए । उनका अनुसार कार्ड आएपछि दुई÷तीन सिफ्टमा छापेर पनि सकेसम्म चाँडो सेवाग्राहीको हातमा अनुमतिपत्र पुर्याइनेछ ।

    बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.