बिहीबारबाट लुका मोडरिक ३६ वर्षका भए । तर उनी अझै पनि रियल म्याड्रिडका स्टार खेलाडी हुन् । आफ्नो करियरमा मोडरिकले बेलोन डि अर, चार पटक च्याम्पियन्स लिग र दुईपटक ला९लिगा उपाधि जितेका छन् ।
३६ वर्षमा पनि उच्च फर्ममै रहेका मोडरिक जाभी हर्नान्डेज र आन्द्रे पिर्लोभन्दा पनि टिकाउ देखिए । जाभीले ३५ वर्षको उमेरमै बार्सिलोना छाडेका थिए र कतारमा बाँकी समय बिताएर सन्यास घोषणा गरे । यता पिर्लो ३६ वर्षको छँदा युरोलेली फुटबलमा थिएनन् । उनी न्युयोर्क सिटीमा आबद्ध भइसकेका थिए ।मोडरिक र रियल म्याड्रिडबीच आगामी वर्षसम्मका लागि सम्झौता छ । त्यसपछि मोडरिक क्लबमै रहन्छन् वा अन्यत्र जान्छन् भन्ने टुंगो भइसकेको छैन ।
मोडरिकको चाहना क्रोयशियाबाट २०२३ को विश्वकप खेल्ने छ। त्यहीकारण उनी व्यवसाहिक फुटबललाई सकेसम्म लामो अवधि लम्ब्याउन चाहन्छन् ।




