अफगानिस्तानका विश्वविद्यालयलाई लैङ्गिकताको हिसाबले छुट्याएको तालिबानले जानकारी दिएको छ । साथै, यी संस्थानमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि जानकारीमा उल्लेख छ ।
देशका नयाँ उच्च शिक्षामन्त्री अब्दुल बकी हक्कानीले पत्रकार सम्मेलनमा देशमा सहशिक्षा अर्थात् केटा–केटी सँगै पढ्ने अनुमति नदिइने स्पष्ट पारे ।
उनले विश्वविद्यालयमा पढाइने विषयको समीक्षा गर्ने पनि घोषणा गरेका छन् ।
तालिबानको पहिलो कार्यकालका बेला सन् १९९६ र २००१ का बीच अफगानिस्तानका स्कूल र विश्वविद्यालयमा महिला र किशोरीको अध्यापनमा प्रतिबन्ध लगाइएको थियो ।
युवतीले हिजाब लगाएर पढुन्, पुरुष शिक्षकले पर्दा पछाडिबाट पढाउन सक्ने : तालिबान
युवतीले हिजाब लगाएर पढुन्, पुरुष शिक्षकले पर्दा पछाडिबाट पढाउन सक्ने : तालिबान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




