मोहमद सलाहले प्रिमियर लिगमा १ सयौँ गोल पूरा गर्दा लिभरपुलले १० खेलाडीमा सिमित लिड्समाथि ३–० को सहज जीत हासिल गर्न सफल भएको छ । लिड्सका पास्कल स्ट्रुइजले लिभरपुलका युवा खेलाडी हार्भे एलियटमा फल हान्दै गम्भीर घाइते बनाएपछि उनले रातो कार्ड पाएका थिए ।
त्यसअघि खेलको २० औँ मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फाबिन्होले लिभरपुलको अग्रता दोब्बर बनाए भने इन्जुरी समयमा साडियो मानेले अर्को गोल थपे । जीतसँगै ४ खेलबाट लिभरपुलले १० अंक बटुलेको छ । समान अंक भए पनि लिभरपुल अंक तालिकामा तेस्रो स्थानमा छ ।
मोहमद सलाहले प्रिमियर लिगमा १ सयौँ गोल
मोहमद सलाहले प्रिमियर लिगमा १ सयौँ गोल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




