• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

प्रहरीलाई श्रीरामले दिएको जानकारी अनुसार विभत्स तरिकाले ज्यान दिने योजना

  •  संवाददाता
  • बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    Advertisement

    रुपन्देहीको गैडहवा गाउँपालिकाका एक दम्पतीले आफ्नो ८ महिनाको शिशु लाई घाँटी रेटेर हत्या गरेको घटनाले सामाजिक समस्या र पारिवारिक कलहका अनेक स्वरुपलाई उजागर गरेको छ ।
    प्रहरीका अनुसार सो गाउँपालिका–६ का श्रीराम मल्लाह र निजकी श्रीमती रेणु मल्लाहले पारिवारिक कलहका कारण आफ्नै शिशुको हत्या गरेको बताएका छन् । मल्लाह दम्पतीले आफ्नै घरमा आपसी सल्लाहका आधारमा छोराको हत्या गरेका हुन् ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डीएसपी सत्यनारायण थापाका अनुसार मल्लाह दम्पतीले आरोप स्वीकार गरिसकेका छन् ।

    प्रहरीका अनुसार सो परिवारमा मृतकको आमाबुबा, हजुरआमा, दुई फुपू एउटै घरमा बस्दै आएका छन् । मृतककी जेठी फुपूले आफ्ना दुई छोरालाई पनि माइतीमै राख्दै आएकी छन् ।

    मृतककी हजुरआमा अर्थात् श्रीरामकी आमा भानुमती मल्लाहले २०६३ सालमा नागरिकता लिएकी थिइन् । उनले आफू अविवाहित हुँ र आफ्नो कोही छैन भनेर नागरिकता लिएकी थिइन् । त्यसैले भानुमतीका सन्तानको नागरिकता बन्न सकिरहेको थिएन ।

    तर भानुमतीकी जेठी छोरी अकालमती मल्लाहले भने पतिको नामबाट नागरिकता बनाएकी छन् । उनको घर लुम्बिनी सांस्कृतिक नगरपालिका– २ मा भए पनि लामो समयदेखि माइतीमै बस्दै आएकी छन् ।

    अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार भानुमतीले आफू बस्दै आएको घरसहितको जग्गा जेठी छोरीको नाममा पास गरिदिइन् । यो कुरा थाहा पाएपछि श्रीराम र उनकी पत्नीले आफूहरु विभत्स तरिकाले मर्ने सल्लाह गरे । सोही क्रममा उनीहरुले भदौ २६ गते राति आफ्नै अवोध शिशुको हत्या गरेको प्रहरी बताउँछ ।

    नागरिकता नहुँदा समस्या

    भानुमतीको उमेर करिब ६५ वर्ष छ । उनले छोरा, बुहारी र नातिसमेत रहेको अवस्थामा आफू बस्दै आएको घर र घडेरी विवाहित छोरीलाई किन पास गरिदिइन् भन्ने प्रस्ट हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

    तर, अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सो घरमा भानुमती र उनकी जेठी छोरीको मात्र नागरिकता छ । भानुमतीले आफू अविवाहित रहेको र आफ्नो कोही नभएको विवरणसहित २०६३ सालमा नागरिकता लिएका कारण भानुमतीका सन्तानका रुपमा कसैले नागरिकता पाएका छैनन् ।

    भानुमती र उनका छोराबीच खासै राम्रो सम्बन्ध पनि नरहेको छिमेकीहरुको भनाइ छ । भानुमतीले नाबालक नाति नहुर्कुन्जेलसम्मका लागि आफ्नो नाममा रहेको घर र घडेरी आफ्नै जेठी छोरी ९नागरिकता भएका कारण० का नाममा पास गरेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । यद्यपि यसका विविध पक्षमाथि अनुसन्धान भइरहेको स्रोत बताउँछ ।

    आमाले आफूलाई घर–घडेरीबाट बेदखल गरेका कारण आवेशमा आएर श्रीराम र उनकी पत्नीले नावालक छोरासहित आत्महत्या गर्ने योजना बनाएका थिए । ‘नागरिकता पनि छैन, भएको एउटा घर र घडेरी पनि आमाले छोरीलाई पास गरिदिइन् भनेर उनीहरुले आत्महत्याको योजना बनाएका रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘आफूहरुले आत्महत्या गर्नुअघि उनीहरुले छोराको हत्या गर्ने योजना बनाएका रहेछन् ।’

    प्रहरीलाई श्रीरामले दिएको जानकारी अनुसार उनीहरुले विभत्स तरिकाले ज्यान दिने योजना बनाएका थिए ।

    सोही क्रममा पहिला छोराको हत्या गर्ने र पछि आफूहरु पनि मर्ने उनीहरुको योजना रहेको प्रहरीको भनाइ छ । राति आफ्नै एकतले घरको छतमा गएर उनीहरुले छोराको हत्या गरे । प्रहरीका अनुसार रेणुले छोरालाई काखमा राखेर समातिन्, अनि श्रीरामले छोराको घाँटी रेटे । छोराको हत्यापछि रेणु मल्लाह विक्षिप्त भइन् । त्यसैले उनीहरुले आत्महत्या गर्न सकेनन् । प्रहरीका अनुसार उनीहरुले छोराको शवलाई पोको पारेर कोठामा ल्याए ।

    त्यसपछि होहल्ला भएपछि घटनास्थलमा राति नै प्रहरी आएर उनीहरु दुवैलाई नियन्त्रणमा लियो ।

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.