एएफसी महिला एशियन कप २०२२ को लागि छनौट चरणको खेल खेल्न नेपाली महिला राष्ट्रिय खेलाडी तथा स्टाफको टोलि सोमबार राति उज्वेकिस्तानतर्फ प्रस्थान गरेको छ ।
नेपाली महिला टोलि सोमबार राति काठमाण्डौंबाट टर्कीको ईस्तानबुल हुँदै उज्वेकिस्तान जाने तालिकासहित राति ११ बजे टर्किस एयरलाईन्सको विमानबाट प्रस्थान गरेको हो ।
तर यसपटक नेपाली महलिा टोलिका लागि एन्फाले गरेको बिदाई र उनीहरिुको पोशाकमा दिईएको ध्यान तारिफयोग्य नै मान्नुपर्छ । नेपाली फुटबलको सर्वोच्च नियामक निकाय अखिल नेपाल फुटबल संघ एन्फाले सधै पुरुष टोलिको दाँजोमा महिला टोलि प्रति हेर्ने दृष्किोण र गर्ने ब्यवहारमा फराकिलो अन्तर रहँदै आएको थियो । तर विगतका केही वर्षमा एन्फाले महिला राष्ट्रिय टोलिका लगि आयोजना गरेको प्रशक्षिण अवधि,म्याच एक्स्पोजर र ब्यवस्थापकिय सहयोगमा पनि पुरुष टोलि सरह नै गरेको देखिन्छ ।
सोमबार एन्फाले महिलो राष्ट्रिय टोलिका लागि आयोजना गरेको बिदाई कार्यक्रममा पनि सबै महिला खेलाडी तथा स्टाफहरुलाई एक एक जोर सुट पहिराएर खेलाडीको हौसला बुलन्द बनाएको दृश्य देखियो ।
खेलाडी तथा स्टाफको मुहारमा पनि हौसला पर्याप्त मात्रामा देखिएको थियो । यी र यस्ता ब्यवस्थापकीय श्रृंगारले एउटा खेलाडीको मनोबलमा औधीं वृद्धि हुनेमा कुनै शंका नै छैन ।
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलि गत जेठमा एएफसी को यही स्तरको प्रतियोगिता खेल्न ईराक हुँदै कुवेत पुगेको थियो । सो भ्रमणमा नेपालले शुरुमा ईराक गएर ईराकसँग एउटा मैत्री खेल खेलेको थियो ।
नेपाल ईराक पुग्दा नेपाली पुरुष खेलाडीहरुको तस्विर सामाजिक सञ्जालभरि नै भाईरल भएको थियो । कारण थियो सुटमा सुसज्जित भएर कतार एयरवेजको ५ तारे स्तरको विमानबाट ओर्लिदा नेपाली खेलाडीहरु पनि कुनै विकसित मुलुकका ब्यवसायिक खेलाडीहरु झै देखिनु ।
नेपाली पुरुष टोलिलाई एन्फाले कोरोनाको व्यापक महामारी बढीरहेकोबिचमा पनि कतार एयरवेवसँगको सहकार्यमा चार्टर्ड विमानको ब्यवस्था मिलाउँदै सिधै ईराकसम्म पुर्याएको थियो ।
एन्फाको यो ब्यवस्थापकिय पक्षलाई फुटबल समर्थकहरुले निक्कै सरहाना गर्दे वाहवाही गरेका थिए । धेरैले एन्फाको यो कदमलाई नेपाली फुटबल विकास गर्न खेलाडीलाई प्रदान गर्ने अच्छा शुरुवात समेत भने । खेलाडीहरुको हौसला पनि निक्कै बुलन्द भएको पाइएको थियो । नेपाल कुवेतमा आयोजना भएको एशयिन कप तथा विश्वकप छनौट प्रतियोगिताबाट नतिजाको आधारमा एशियन कप छनौटको तेश्रो चरणमा समेत पुग्यो ।
एन्फाले त्यसपछि निरन्तर पुरुष टोलिलाई साफ च्याम्पियनसिप र एशियन कप छनौटको तेश्रो चरणका लागि बन्द प्रशक्षिणमा राख्दै सुविधासम्पन्न होटलमा बासस्थलको ब्यवस्था समेत प्रदान गर्दै आएको छ । पुरुष टोलिको तयारीमा महिलाको दाँजोमा केही मात्रा बढी ध्यान दिईएको भने अवश्य हो तर महिला टोलिलाई पूर्ण रुपमा बेवास्ता गरेको भन्न मिल्दैन ।
महिला टोलिलाई पनि एन्फाले आफ्नै छात्रावासमा राखेर एक महिना लामो बन्द प्रशिक्षण समेत गरायो । महिला टोलिले ग्यारी फिलिप्सको रुपमा पहिलोपटक विदेशी प्रशिक्षक समेत पायो र महिला खेलाडीहरुमा समेत नयाँ उमङ्ग पलाएको छ ।
यसबिचमा महिला टोलिले पहिलो पटक दशरथ रंगशालामा बंगलादेशको महिला राष्ट्रिय टोलिसँग दुईवटा मैत्री खेल खेल्दै श्रृंखला १–० ले आफ्नो पक्षमा पार्यो । यसै साताको आईतबार बंगलादेशसँग दोश्रो मैत्री खेल खेलेको नेपाली टोलि भोलिपल्टै अर्थात हिजो सोमबार राति एएफसी महिला एशियन कप छनौट चरण खेल्नका निम्ति उज्वेकिस्तानतर्फ गएको हो ।




