टेलिभिजनमा रुचाइएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फिनाले आज राती ९ बजे हुँदैछ । यसपटक ताप्लेजुङका भरतमणि पौडेल, भारत सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा शीर्ष उपाधिका लागि प्र’तिष्पर्धा गर्दैछन् । च्याम्पियन विजेताले २५ लाख र एक कार पाउदा फस्ट रनरअपले मोटरसाइकल र सेकेण्ड रनरअपले स्कुटर उपहारका रुपमा पाउदैछन् ।
यसपटकको प्रतियोगितामा भरतमणिलाई बलियो दाबेदारका रुपमा हेरिएको छ । किनकी उनको हरेक साता एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिँदै आएका छन् । उनको पक्षमा नेकपा एमाले नेता योगेश भट्टराईले खुलेरै भोट मा’गिरहेका छन् । भरतमणिले गरेको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाहको क्यारिकेचर सर्वाधिक रुचाइएको प्रस्तुतिमा परेको छ । यसबाहेक घरबेटीको च’रित्र पनि उत्तिकै प्रशंसनीय छ ।
सिक्किमका विक्की पछिल्लोपटक ‘पेन्टोमाइम’ अभिनयले चर्चामा रहे । उनको यो प्रस्तुतिमा शोका तीन निर्णायक प्रदीप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले प्रशंसा गरे पनि अर्का निर्णायक सन्तोष पन्तले आ’लोचना गर्दा सामाजिक सञ्जालमा सन्तोषविरु’द्ध अनेक टिप्पणी गरिएको थियो ।
गोरखाका सन्तोष पनि अर्का दाबेदारका रुपमा चिनिएका प्र’तिष्पर्धी हुन् । उनले प्र’हरी, ड’न, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालादेखि नेपाली टिचरसम्मको सम्झनालायक प्रस्तुति दिएका थिए ।




