आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७ विकेटले प’राजित गरेको छ । आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टा’र्गेटसहित जवाफि ब्याटिङमा आएको नेपालले १८ ओभर २ बलमा ३ विकेट गुसमाउँदै १२२ रन बनाएको हो ।
नेपालको जि’तमा कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ५२ रन बनाए । ४६ बल खेलेका ज्ञानेन्द्रले २ छक्का र ४ चौका प्र’हा’र गरे । यस्तै आशिफ शेखले ४० रन बनाए । ४४ बल खेलेका शेखले ७ चौ’का प्र’हा’र गरे । ओमानका नेस्टर धम्बाले दुई वि’केट लिए । कालीमुल्लाह एक वि’केट लिए । यसअघि टस हा’रेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अ’लआ’उट हुँदै १ सय २१ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आ’उट भए ।
सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४र४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए । कालिमउल्लाह ११ रनमा अवि’जित रहदा बिलाल खानले ९ रन बनाए । ओमानलाई सस्तैमा स’मेट्न करण केसी र सन्दीप लामिछानेले ४–४ वि’केट लिए । शरद भेषवाकरले २ वि’केट लिए ।
लिग – २ शृंखलामा नेपालले पहिलो पटक ओमानलाई प’रा’जित गरेको हो । गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले परा’जित भएको थियो । त्यसअघि शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ वि’केटले प’राजित गरेको थियो । तर, दोस्रो खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले ह’राएको थियो । लिग–२ मा नेपाल ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।




