घरेलुटोली सविन मेमोरियल र क्यासल विजयी
पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली सविन मेमोरियल र स्पोट्र्स क्यासलले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
बिहिबार भएको पहिलो खेलमा घरेलुटोली सविन मेमोरियलले मछिन्द्र स्काइ गोल्सलाई ३–२ ले हराउँदै दोस्रो जित हात पारेको छ । सविनको जितमा अभिनाष तामाङ नायक बने । खेलको दोस्रो मिनेटमै उनले गोल गरे । तर, त्यो खुसी क्षणिकमात्रै रह्यो । दोस्रो मिनेटमै मछिन्द्रले पनि गोल गर्दै खेल बराबरी गरे । खेलको १३ औं मिनेटमा वरदान ताङवे लामाले गोल गर्दै सविनलाई पुनः अग्रता दिलाए । यस्तै खेलको २२ औं मिनेटमा अभिनाषले व्यक्तिगत तेस्रो गोल गरे । उता मछिन्द्रका आशिषले ३० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता घटाउने काम गरेपनि जित हातपार्न भने सकेन ।
यस्तै दोस्रो खेलमा घरेलु टोली स्पोट्र्स क्यासलले भने उत्कृष्ट पुनरागमन जित निकालेको छ । पहिलो हाफमा ३ गोलले पछि परको क्यासलले दोस्रो हाफमा भने ५ गोल गर्न सफल भयो । खेलको १० औं मिनेटमा विक्रान्त नरसिंह रानाले गोल गर्दै ढुकुलाई अग्रता दिलाए । यस्तै खेलको १२ औं मिनेटमा उर्केन शेर्पाले गोल गर्दै अग्रता दोब्बर पारे । २० औं मिनेटमा विक्रान्तले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० को अग्रता दिलाए । निकै दबाबमा परेको क्यासलले दोस्रो हाफमा भने उत्कृष्ट खेलसहित पुनरागमन जित निकाल्यो । दर्शकको भरपुर साथ पाएको क्यासलका लागि योगेश गुरुङले २२ औं मिनेटमा पहिलो गोल गरे । २७ औं मिनेटमा खिमराज गुरुङले गोल गर्दै अग्रता घटाए । त्यसतै २९ औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए । ३२ औं मिनेटमा खिमराजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३६ औं मिनेटमा दिपेश घलेले गोल गर्दै जित निश्चित गरे ।
विहिबारनै सम्पन्न फुटसल ५ धरान र लुम्बिनी फुटसलबिचको खेल भने बराबरीमै रोकिएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेल गोल रहित बराबरीमा रोकिएपछि अंक बाड्न बाध्य भएका हुन् । गोल रहित बराबरीमा रोकिएको लिगको यो पहिलो खेल हो ।
घरेलुटोली सविन मेमोरियल र क्यासल विजयी
घरेलुटोली सविन मेमोरियल र क्यासल विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




