राष्ट्रिय ए डिभिजन फुटसल लिग घरेलु टोली क्यासलको फराकिलो जितसंगै शिर्ष स्थानमा
पोखरा,९ असोज–घरेलु टोली स्पोट्र्स क्यासलले दर्जन गोलसंगै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
पोखरा रंगशाला फुटसल कोर्टमा भएको खेलमा क्यासलले लुम्बिनी फुटसललाई १२–१ को गोल अन्तरले हराउँदै १० अंक सहित शिर्ष स्थानमा उक्लिएको हो ।
क्यासलको जितमा सुमित श्रेष्ठ र विजय गुरुङले ह्याट्रिक गरे भने किशोर गुरुङले २ तथा कप्तान क्षितिज गुरुङ, सुरेन बुढामगर र विशोन गुरुङले समान १÷१ गोल गरे । १ गोल भने स्पोट्र्स क्यासलले उपहार पाएको हो । लुम्बिनीका लागि रुपेन बराइलीले १ गोल गरे ।
क्यासल शिर्षस्थानमा उक्लिदा अर्को घरेलु टोली सविन मेमोरियल भने दोस्रो स्थानमा झरेको छ । सविनको कुल ४ खेलबाट ९ अंक रहेको छ । समान खेल खेलको क्यासलले हार व्यहोर्नु परेको छैन् । ४ खेलमध्ये ३ खेलमा जित र १ खेल बराबरी खेलको छ । क्यासलले यस अघि प्रभातफेरी युथ क्लब र ढुकु फुटसल हबलाई हराइसकेको छ भने, शंखमुलसंग २–२ गोलको बराबरी खेलेको छ ।
दोस्रो स्थानको सविनले ३ खेलमा जित र १ खेलमा हार व्यहोरेको छ । सविनले मछिन्द्र स्काइ गोल्स,झरना स्पोट्र्स क्लब र लुम्बिनी फुटसललाई हराएको छ भने ढुकु फुटसलसंग बराबरी खेलेको छ ।
द राइजिङ क्लब धरान गोलको आधारमा सविन भन्दा पछि छ । कुल ४ खेलबाट राइजिङको पनि ९ अंक रहेको छ ।
शंखमुल ८ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ । मछिन्द्र स्काइ गोल्स ६ अंकका साथ पाचौँ, फुटसल ५ धरान ५ अंकका साथ छैटौं स्थानमा रहेको छ । ४ खेलबाट ४ अंक बटुलेको ढुकु र लुम्बिनीको समान ४–४ अंक रहेको छ । ढुकु गोल आधारमा अघि छ । प्रभातफेरी भने ४ खेलबाट १ अंक सहित तालिकाको पुछारमा रहेको छ ।
फुटसल लिग क्यासलको फराकिलो जितसंगै शिर्ष स्थानमा
फुटसल लिग क्यासलको फराकिलो जितसंगै शिर्ष स्थानमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




