प्रिमियर लिगका दुई दाबेदारबीचको खेलमा साबिक विजेता सिटी चेल्सीमाथि हाबी देखिएको थियो । खेलको ५३ औँ मिनेटमा ग्याब्रियल जिसुसले खेलको निर्णायक गोल गरे । जिसुसले दोस्रो गोल पनि थप्न लागेका थिए । तर, उनको प्रहारलाई थियागो सिल्भाले लाइनबाट क्लियर गरेका थिए । चेल्सीका गोलकिपर मेन्डीले ग्याक ग्रिलिसको दुईवटा प्रहार पनि बचाऊ गरेका थिए ।
सिटीले अब च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ भने अर्को आइतबार एनफिल्डमा लिभरपुलको सामना गर्नेछ । ६ खेलपछि सिटी र चेल्सीको समान १३ अंक रहेको छ । तर, गोल अन्तरको आधारमा सिटी दोस्रो र चेल्सी तेस्रो स्थानमा रहेको छ ।
स्टामफोर्ड ब्रिजमा सिटीले चेल्सीलाई १–० गोलले हरायाे
स्टामफोर्ड ब्रिजमा सिटीले चेल्सीलाई १–० गोलले हरायाे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




