काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ।
आजै राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन०–२०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेपछि सम्भवतः भोलि नै गठबन्धन दलले मन्त्रिमण्डल विस्तार गर्ने छन् ।
नेकपा ९एस०का केन्द्रीय सदस्य मेटमणि चौधरीले पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको बताएका छन्।
नेकपा ९एस०ले रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरीलाई सरकारमा सहभागी गराउँदै छ।
नेकपा एसले ६ मन्त्रालय पाउने भएको छ। उनले आजै अध्यादेश खारेज भइसकेकोले लोभीसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताए।
प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको साढे दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।




