साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज सोमबार नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकासँग खे’ल्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो जि’त निकाल्ने दा’उमा छ भने श्रीलंका पहिलो जि’तको खोजीमा छ ।
यसअघिको खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पा’खा लगाएको थियो ।श्रीलंकासमेत सोही नति’जाका साथ बंगलोदशलाई ३ अंक सु’म्पिएको थियो । खेल अघि प्रि९म्याच पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीको प्रशिक्षक अब्दु’ल्लाह अल्मु’ताईरीले श्रीलंका बलि’यो टोली रहेको र सचे’त भएर ३ अंकका लागि खे’ल्ने बताएका छन् । कप्तान किरणकुमार लिम्बुले ९० मिनेट मिहिनेत गर्दै ३ अंकका लागि खेल्ने बताए ।
बिगत हेर्दा नेपालभन्दा श्रीलंका ब’लियो देखिन्छ । नेपाल र श्रीलंकाबीच हालसम्म १७ खेल भएका छन् । जसमा नेपालले ३ खेल आफ्नो पक्षमा राख्दा ८ खेल बरा’बरीमा समा’प्त भएको छ । श्रीलंकाको पक्षमा ६ खेल गए’को छ ।
आज सोमबार नै पहिलो खे’लमा भारत र बंगलादेश भि’ड्दैछन् । प्रतियोगितामा भारतको प’हिलो खेल हो भने बंगलादेश लगातार दोस्रो जित’को खो’जीमा हुनेछ ।




