पोखरामा छिटो र सुलभ तरिकाले जग्गा पास गरी दिन्छु भनी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
कास्की जिल्ला पोखरा १५ टुटुङ्गा बसोबास गर्ने सन्तु ढकाल पौडेलको जग्गा छिटो र सुलभ तरिकाले जग्गा किन्न लागेका मनहरी तिमिल्सिनालाई पास गराई ला’लपुर्जा समेत उपलब्ध गराइदिन्छु भनी ठ’गी गरेको आ’रोपमा पोखरा २३ चापाकोट घर पर्स्याङ बस्ने ५६ वर्षीय मातृका बस्ताकोटी पक्राउ परेका हुन्।
लेख’नदास काम गर्ने बस्ताकोटीले मिति २०७८ साल असोज महिना १५ गते जग्गा कि’न्न लागेका मनहरी तिमिल्सिनासंग जग्गा पास गरिदिने भनि वि’श्वास दिलाई नगद रु २५ हजार ठ’गेका हुन्।
नगद रु २५ हजार रकमसहित पक्राउ परेका बस्ताकोटीलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरीले समय नेपाललाई जानकारी दिएको छ ।




