युवा निर्देशक होम गुरुङले यसवर्ष ३ वटा अवार्ड पाएका छन् ।
सयौँ म्युजिक भिडियोको कुशल निर्देशन गरेका गुरुङले चौँठो हिमालयन इन्टरनेश्नल म्युजिक अवार्ड, आठौँ छायाँछवि तिज अवार्ड र नेश्नल पावर न्युज अवार्ड गरि तिनवटा अवार्ड प्राप्त गरेका हुन् । अध्याँरोमा उज्यालो टुकी बोलको गीत निर्देशन गरेका गुरुङलाई हिमालयन नेपाली इभेन्ट प्रा।लि र मुग्लिन गितको उत्कृष्ट निर्देशन वापत छायाँछवि म्युजिक अवार्ड प्रदान गरिउको हो ।
एक दशक लामो समयदेखी म्युजिक भिडियोको निर्देशनमा व्यस्त गुरुङ्ले मोफसलमा बसेर पनि उत्कृष्ट निर्देशनको अवार्ड पाउन सफल भएकोमा खुसि व्यक्त गरेका छन् । नृत्य निर्देशक गुरुङले निरन्तरको सर्घष र मेहनतले यो अवस्थामा आइपुगेको बताए । उनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश संगीत विभाग प्रमुख तथा नृत्य निर्देशक संघ गण्डकी प्रदेश उपाध्यक्ष समेत हुन् ।
हिमाली संस्कृतिक परिवार आजिवन सदस्य, आदर्श कलाकेन्द्र सदस्य, सुरताल इभेन्टको निर्देशक, पोखरा लोकसंगीत संघ सदस्य र गोरखाली कलाकार संघको अध्यक्ष भएर समेत आफ्नो सक्रियता बढाइरहेका छन् ।
उनीसँग नृत्य सिकाउने, संगीतका क्षेत्रमा बजाउनेदेखि सिकाउने सम्मका कामहरु गरेका अनुभव छन् । पोखरामा म्युजिक भिडियो राम्रो बन्छ भनेर स्थापित गर्न उनी सफल छन् । हालसम्म झण्डै ५ सयको हाराहारीमा म्युजिक भिडियोमा उनले निर्देशन गरेका छन् । उनि गोरखा जिल्लाको गण्डकी गाउंपालिका वडा नम्बर ७ चुर्लिङमा जन्मिएका हुन् । साभार : googlepokhara




