नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङलाई पक्राउ गरेको छ ।
ठगी तथा निक्षेपकर्ताको रकम हिनामिनाको आरोपमा सीआइबीले सोमबार साँझ काठमान्डौको सुन्धारा क्षेत्रबाट पक्राउ गरेको हो ।
उनीमाथि सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ४६ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप छ । सीआइबीका प्रमुख धीरजप्रताप सिं’हकाअनुसार, ७० जनाले निक्षे’पक’र्ताले ४६ करोड बढी ठगी गरेको भन्दै उजुरी गरेका थिए । सीआइबी हिरासतमा रहेका तामाङले प्रारम्भिक बयानमा आफूले उक्त रकम तिर्ने बताएका छन् । उनी दोस्रो संविधान सभामा एमालेको तर्फबाट सांसद भएका थिए ।
अध्यक्ष तामाङसहित अन्यवि’रुद्ध निक्षेपकर्ताहरूले दिएको उजुरीका आ’धारमा सोमबार ब्युरोबाट खटिएको टोलीले उनीसहित सहकारीका अन्य व्यक्तिलाई पक्राउ गरेको बताइएको छ ।




