सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुख्य नाइके चुडामणि उप्रेती गोरे सहित उनका समूहका आठ जना दोषी ठहरिएका छन्। मंगलबार जिल्ला अदालत मोरङले आठ जनालाई दोषी ठहर गर्दा ४८ जनालाई सफाइ दिएको छ। ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न आठजना दोषी ठहर भएका हुन् ।
हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । मुद्दाका प्रतिवादीहरुम’ध्ये भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन घिमिरेलाई छ महिना कैद सजायको फैसला भएको प्राप्त समाचारमा जनाइएको छ।
मंगलबार मोरङ जिल्ला अदालतका न्या’यधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको सजाय सुनाएको हो। अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् । यस्तै अदालतले तस्करी प्रकरणमा मुछिएका बहालवाला र अवकाश प्राप्त सबै प्रहरी अधिकारीलाई सफाइ दिने फै’सला सु’नाएको छ ।
नेपाल प्रहरीका पूर्वडि आइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डिएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतले सफाइ पाएका छन्। मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चू’डामणि उप्रेती मुख्य अभियुक्त रहेको मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको थियो ।
मुद्दामा उच्च प्रहरी अधिकारी, तस्करीको सुनका लगानीकर्ता, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र वि’भिन्न एयरलाइन्समा सम्मेलित कर्म’चारीहरुलाई र ‘गोरेका सहयोगीहराई प्रतिवादी बनाइएको थियो । जसमध्ये ५० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये अदालतको आदेशमा धेरैजसो छुटेका छन् भने केही कारागारमै रहेका छन् ।




