चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग इपिएल टी(२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन टाइगर्सले पहिलो पटक इपिएल टी(२० क्रि’केट प्रतियोगिताको उपाधि जितेको छ।
पोखराले दिएको एकसय १२ रनको सामान्य लक्ष्य चितवनले ६ विकेटको क्षतिमा १५।५ ओभरमा पूरा गरेको थियो । चितवन टाइगर्सका लागि भीम सार्कीले अर्धशतक प्रहार गरेका थिए । ६३ रन जोडेका उनले ४५ बल खेलेर ७ चौ’का र २ छक्का हिर्काएका थिए । चितवनका ओपनिङ ब्याट्सम्यान हसिम अन्सारी पोखराका नन्दन यादवको बलमा गोल्डेन डक भएका थिए।
लगत्तै करिम जनत पनि शून्यमा आउट भए । त्यसअघि ओपनर मोहमद साहजाद १४ बलमा ११ रन जो’डेर आउट भएका थिए। म’ध्यक्रमका ब्याट्स’म्यान दिलीप नाथले १७ बलमा १८ रनको योग’दान गरे। राजेश पुलामीमगर १२ ब’लमा १४ रनमा जो’डे। ब’लिङमा पोखराका कि’शोर महतोले ४ वि’केट र नन्दन यादवले २ वि’केट लिए। त्यसअघि टस’ हा’रेर पहिले ब्या’टिङ गरेको पोखरा १७।५ ओ’भरमा एकसय ११ र’नमै अ’लआउ’ट भएको थियो।
पोखराका लागि ओ’पनर रिचार्ड लेभीले २६ रन जोडे। उनले १५ बल खेल्दा ५ चौका हिर्काए । अर्का ओपनर विपिन रावलले १७ रन बनाए। रित गौतम र सहान अराचसिगे २(२ रन जोडेर आउट भए। असेला गुणरत्नेले २४ ब’लमा ३४ रन र कप्तान विनोद भण्डारीले २५ ब’लमा २२ र’न ब’टुले। पोखराका अन्य ब्या’ट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
ब’लिङमा चितवनका कमल’सिंह ऐ’रीले ४ वि’केट लिए। उनले ३।५ ओ’भरमा २० रन खर्चिए।करिम जनत र सिकुगे प्रशन्नले २(२ वि’केट लिए। कप्तान सोमपाल कामी र सागर ढकालको नाममा १ (१ विकेट रह्यो।




