आज एकाबिहानै गोरखा केन्द्र भएर गोर्खा जिल्लामा भूकम्पको धक्का महशुश भएको छ। गोरखाको आरूघाट गाउँपालिका मान्बु केन्द्र भएर आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
त्यस भूकम्पको धक्का गोरखा, धादिङलगायत क्षेत्रमा महशुस गरिएको बताइएको छ।
भूकम्पले के कति असर गर्यो भन्ने बारेमा अहिलेसम्म विवरण आएको छैन।




