स्याङ्जाको अर्जुनचौपारी गाउँपलिकाका एक कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आरोपित फरार प्रतिवादी अर्जुनचौपारी गाउँपालिका (२ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहा छन् ।
२०५८ साल पौष १७ गतेका दिन अन्दाजी रातको १२ बजेको समयमा साविक अर्जुनचौपारी गा।वि।स। वडा नं(७ हाल अर्जुनचौपारी गाउँपालिका(२ बस्ने झलक बहादुर रोकाहालाई हत्या गरेको आरोप लागेका र वारदात पश्चात् फरार रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
उनी भारतमा लुकिछिपी बस्दै आएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। विशेस गोप्य सूचनाका आधारमा जि।प्र।का। स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले आरोपित रोकाहालाई बीस वर्षपछि असोज ३० गते घरमा आएको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए ।




