महिनौंको बन्दपछि यही घटस्थापनाको दिनदेखि सिनेमा हलमा दर्शक जान थालेका छन्। सरकारले ५० प्रतिशत अकुपेन्सीको अनुमति दिएकोले हाल कुल सिट क्षमताभन्दा आधा सिट बराबरको मात्र टिकट बेच्न पाइने अवस्था छ।
लामो समयपछि हल खुलेको उत्साह र दसैं(तिहारको माहोलले बिस्तारै दर्शक बढ्ने सम्भावना अझै बाँकी छ।
तर आज ललितपुरको लबिम मलस्थित क्युएफएक्समा जे देखियो त्यसले नेपाली फिल्मले हलमा दर्शक तान्न अझै धेरै संघर्ष गर्नुपर्ने देखाएको छ। हाल यहाँ हलिउड फिल्म ुनो टाइम टु डाइु र ुफास्ट एन्ड द फ्युरियसुका साथमा नेपाली फिल्म ुडाँडाको वरपिपलु प्रदर्शन भइरहेको छ।
लबिम मल क्युएफएक्सका ड्युटी अफिसर शुशान्त बुढाथोकीका अनुसार समग्रमा सिनेमा हेर्न आउने दर्शकको संख्या २५ देखि ३० प्रतिशत छ।
उनका अनुसार तीन फिल्ममध्ये सबैभन्दा बढी दर्शक नो टाइम टु डाइले पाएको छ। सबैभन्दा कम दर्शक पाउने फिल्म डाँडाको वरपिपल बनेको छ।
आज सोमबार डाँडाको वरपिपलले एक सो मात्र पाएको थियो। साढे तीन बजेको सो पाएको यो फिल्म हेर्न आज एक जना दर्शक पनि पुगेनन्।
राजधानीमा सिमसिम पानी परेकोले केही दर्शक घट्नु स्वभाविक हो। बिहीबारदेखि प्रदर्शनमा आएको नो टाइम टु डाइमा हिजोभन्दा केही दर्शक घटेका छन्।
१८२ सिट भएको हलमा ९१ दर्शकका लागि टिकट राखिएको थियो। तर एक जना दर्शक पनि नहुनु फिल्मको असफलता नै हो।
लबिम मल क्युएफएक्सका ड्युटी अफिसर शुशान्त बुढाथोकीका अनुसार हिजोसम्म डाँडाको वरपिपलमा सुरूदेखि नै दर्शक कम थिए। हिजो पन्ध्र बीस जना दर्शक फिल्म हेर्न पुगेका थिए।
शोभित बस्नेतको निर्देशन र सलोन बस्नेत, शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुविना थापालगाय कलाकारको अभिनय रहेको फिल्ममा आज दर्शक शून्य।




