१४ औँ महाधिवेशन अन्तर्गत भीरकोट नगर अधिवेशनबाट नयाँ कार्य समिती गठन भए सँगै पार्टी गतिविधिहरूलाई थप सशक्त र प्रभावकारी बनाउन पार्टी कार्यालय सम्राट सदनमा सारिएको नगर कार्य समितीका अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो । वडा नं २ को वडा कार्यसमितिको कार्यालय पनि सोही भवनमा रहने सचिव तारा अर्यालले बताउनुभयो ।
औपचारिक कार्यक्रम गर्नका लागि पर्याप्त ठाउँ र हलको समेत व्यवस्था भएकाले पार्टी कार्यालय सारिएको हो । पार्टीका कार्यक्रम संचालनका लागि सम्राट सदनको हलमा कुनै शुल्क नलाग्ने अधिकारीले बताउनुभएको छ । नयाँ कार्यसमितिमा युवाहरूको बाहुल्यता रहेकाले पार्टी गतिविधि जनअपेक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।




