मोरङमा आजदेखि शुरु भएको प्रतियोगितामा रोलिङ क्लबसँग च्यासल पेनाल्टी सूटआउटमा ४–३ गोल अन्तरले पराजित भएको थियो ।
आजको खेलमा हालै च्यासलमा अनुबन्ध भएका नेपाली मूलका इटालियन खेलाडी विकास मेराग्लिया पनि खेलेका थिए ।
निर्धारित समय एक एक गोलको बराबरीमा सकिए पछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको थियो ।
डाँगीहाट फुटबल क्लबको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्ने छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार विभागीय क्लब नेपाल एपीएफले भारतको अमुक्ता परिवारसँग खेल्ने छ ।




