८५ वर्षीय बृद्ध बाबुको हत्या गरेको आरोपमा प्रहरीले पोखराबाट एक व्यक्तिलाइ पक्राउ गरेको छ। पक्राउ पर्ने अभियुक्त पोखरा महानगरपालिका९७ घारिपाटन बस्ने ४८ वर्षीय अनिल परियार रहेका छन्।
अभियुक्त अनिलले सामान्य बिबाद्पछी आफ्नै ८५ वर्षीय बुबा जित बहादुर परियारलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ। उनलाई वडा प्रहरी कार्यालय बैदाम पोखराको प्रहरी टोलीले पक्राउ गरेको थियो । छोराको कुटाइबाट गम्भीर घाइते भएका बृद्ध जितबहादुरको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।




