पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं। २ स्थित तातोपानीबाट ११ जना जुवाडे पक्राउ परेका छन् ।
उनीहरुको साथबाट १५ लाख भन्दा बढी रुपैयाँ बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार गए राति २ बजे उनीहरु जुवाकै खालबाट पक्राउ परेका हुन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र बयान लिनेक्रम जारी रहेको उनले बताए ।




