ललितपुरको पाटनस्थित मंगलबजारमा शुक्रबार साँझ आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार,उनकी छोरी अञ्जना ताम्राकार,बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् ।
प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको हानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए।
परिवारका सबै जना माथिल्लो तल्लामा म्ह पूजामा व्यस्त रहेका बेला दोस्रो तलाको झ्यालमा राखिएको पर्दामा आगो सल्किएर आगलागी भिषण रुपमा परिणत भएको बताइएको छ। साढे तीन तलाको पुरानो घरमा आगो सल्किँदै माथिल्लो तल्लामा पुगेपछि भान्छामा रहेको ग्यास सिलिन्डर पड्किएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।




