पोखरा ८ सिमलचौरबाट लागूऔषध सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा ९ नयाँबजार बस्ने लम्जुङ दोर्दी गाउँपालिका ७ घर भएकी ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मी मालिका गाउँपालिका २ घर भएकी ३१ वर्षीया कोपिला अर्याल रहेका छन् । सिमलचौरमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।




