• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कुमारी बैंकको चलाखीपन ऋण उठाइसकेपछि खबर गायक योगेश्वर अमात्यको १२ विगाहा जग्गा १९ करोड ऋण

  •  संवाददाता
  • बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
    Advertisement

    बाराको विश्रामपुरमा गायक योगेश्वर अमात्यको १२ विगाहा जग्गा थियो ।

    सडक छेउमा रहेको जग्गा अमात्य र उनकी श्रीमती सञ्चालक रहेको विरुवा भूमिवन प्रालिको नाममा थियो । उनीहरु काठमाडौंमा बस्ने भएकाले उनले बाराको जग्गा रेखदेखका लागि एक जना स्थानीयलाई जिम्मा दिएका थिए ।
    केही वर्षयता खाली रहेको उक्त जग्गा बिक्री गर्ने हो भन्दै सोध्न आउनेहरु थुप्रै थिए । जग्गा हेर्न राखेका व्यक्तिले अमात्यलाई त्यसबारे बेलाबेला खबर पनि गरेका थिए । ‘धेरै मान्छे आउन थालेपछि मैले यो जग्गा बिक्रीमा छैन भनेर बोर्ड राख्न पनि लगाएको थिएँ,’ जग्गाधनी अमात्यले प्रहरीसँग बयान दिँदै भनेका छन्, ‘तर मैले थाहै नपाई त्यही जग्गाको धनी पूर्जा अर्कैले बनाइसकेछ ।’

    आफ्नो जग्गाको नक्कली धनीपूर्जा बनाएर १९ करोड ऋण समेत निकालेको थाहा पाएपछि उनी यसबारे बुझ्न कुमारी बैंकको न्यूरोड शाखासम्म पनि पुगे । बैंकले प्रष्ट जवाफ नदिएपछि उनी दशैंअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को महाराजगञ्जस्थित कार्यालयमा पुगे ।

    ऋण उठाइसकेपछि बैंकबाट खबर

    अमात्यको उजुरीको आधारमा छानविन थालेको सीआईबीले अहिले ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा बैंकको बारा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र विचौलिया कुसुम प्रधान छन् ।

    अनुसन्धानका क्रममा नक्कली धनी पूर्जाका आधारमा प्रवाह गरेको ऋण कुमारी बैंकले उठाइसकेपछि मात्र गायक अमात्यले आफ्नो जग्गाको पूर्जा अर्कैले बनाएको थाहा पाएको पाइएको छ । नक्कली कागज बनाएर धितो राखेको चाल पाएपछि कुमारी बैंकको बारा शाखाले १९ करोड रुपैयाँ ऋण असूली गरेको पाइएको सीआईबीका निर्देशक धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।

    अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बैंकले नक्कली धनी पूर्जा धितो राखिएको थाहा पाएपछि नक्कली जग्गा धनी महर्जनको अर्को जग्गा धितो राखेर ऋण निकाल्न लगाएको थियो र त्यसबाट पुरानो ऋण असूली गरेको पाइएको छ ।

    तर बैंकले प्रहरीलाई भने खबर गरेन । यसले घटनामा बैंकको भूमिका संदेहपूर्ण देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । डीआईजी सिंह भन्छन्, ‘बैंकले पहिल्यै खबर गरेको भए बैंकिङ कसुरमा पनि अनुसन्धान गर्न सकिन्थ्यो । अहिले बैंकले ऋण उठाइसकेकाले सरकारी लिखत कीर्तेमा मात्र अनुसन्धान भइरहेको छ ।’

    यद्यपि, सरकारी वकिलको कार्यालयले त्यसतर्फ पनि अनुसन्धान गर्न निर्देशन दिए छानविन हुने उनी बताउँछन् । तर सीआईबीले प्रकरणको अनुसन्धान गरेर फाइल बुझाउने पर्ने २५ दिने हद म्याद गुज्रिन लागिसकेको छ ।

    केन्द्रीय शाखाबाट ऋण स्वीकृत

    अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार विचौलिया प्रधानको सहयोगमा महर्जन र गौतमले आफूहरु सञ्चालक रहेको डेनियल ट्रेडिङ कम्पनी, कोटेश्वरको नाममा २०७८ को साउनमा नक्कली धनीपूर्जा बनाएका थिए । त्यही पूर्जा राखेर कुमारी बैंक, न्यूरोड शाखामा ऋण माग गर्दै निवेदन दिएका थिए । तर धितो राखेको जग्गा बारामा पर्ने भएकाले न्यूरोड शाखाले धितो मूल्यांकनका लागि बारा शाखालाई पत्राचार गरेको खुलेको छ ।

    अधिकृतहरुका अनुसार बाराबाट ऋण मूल्यांकन गर्ने कार्यमा ऋण अधिकृत सोनु ठाकुर र मूल्यांकनकर्ता राजेश चौरसिया संलग्न देखिन्छन् । ‘जुनियर एसिस्टेन्ट समेत रहेका ठाकुरले धितो बन्धक लिखतमा हस्ताक्षर गरेकाले कानूनी दायित्व बहन गर्नुपरेको हो’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘मूल्यांकन गर्दा चौरसियाले जग्गा कसको नाममा छ भन्ने मालपोतमा गएर प्रमाणिकरण गर्नुपर्थ्यो, गरेनन् ।’ दुवै जना अहिले सीआईबीको हिरासतमा छन् ।

    धितो राखेको जग्गाको मूल्यांकन गर्दा स्थानीय निकायबाट चार किल्ला प्रमाणित गर्नुपर्नेमा समेत त्यो कागज पनि नक्कली बनाएको भेटिएको स्रोत बताउँछ । धेरै रकम भएकाले ऋणको अन्तिम स्वीकृति चाहिँ नक्सालस्थित बैंकको मुख्यालयले दिएको अनुसन्धानले देखाएको छ । नक्कली जग्गा धनी महर्जन र गौतमले चाहिँ आफूहरुलाई पनि प्रधानले फसाएको बयान दिएका छन् ।

    अझै सुल्झेको छैन प्रकरण

    प्रहरीले पक्राउ परेकाहरुलाई २० दिन हिरासतमा राखिसकेको छ । जम्मा २४ दिन अर्थात थप ४ दिन अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनुपर्छ ।

    अझ सरकारी वकिललाई पनि अध्ययन गर्न समय चाहिने भएकाले त्यसअघि नै बुझाउनुपर्ने हो । तर, प्रकरणका थुप्रै विषयहरु अझै सुल्झिएका छैनन् । मजर्हन र गौतमले नक्कली पूर्जा बनाउन किन अमात्यको बारास्थित जग्गा नै छाने भन्ने खुलेको छैन । घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने अधिकृतहरुको आशंका छ । यद्यपि यकिन भइसकेको छैन ।

    स्थानीय तहदेखि मालपोतसम्मको नक्कली लिखत तयार गर्ने कार्यमा अन्य सरकारी कर्मचारीको संलग्नता थियो थिएन भन्ने विषय पनि स्पष्ट भइसकेको छैन । अनुसन्धान अधिकृतहरुका अनुसार सीआईबीमा जाहेरी परेलगत्तै बैंकबाट ऋण लिँदा धितो राखेको धनी पूर्जा मगाइएको थियो । त्यसलाई बारास्थित मालपोत कार्यालयको अभिलेखसँग जुधाउँदा मिलेको थिएन ।

    ‘मालपोतको अभिलेखमा जग्गा योगेश्वर र श्रीमतीकै नाममा रहेको देखिन्छ, नक्कली धनी पूर्जामा भएको सही, छाप चाहिँ केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएका छौं,’ स्रोत भन्छ, ‘कागजमा भएका कर्मचारीको सही सक्कली भएको पुष्टि भए, त्यतातिर पनि अनुसन्धान हुन्छ ।’ स्थानीय तहबाट बनाइएको कागज पनि कसरी बन्यो भन्ने स्पष्ट भइसकेको छैन ।

    स्रोतका अनुसार प्रहरीले अहिले पक्राउ परेका पाँचै जनाको कल डिटेल रेकर्ड ९सीडीआर० निकालेर पनि विश्लेषण गरिरहेको छ । त्यसक्रममा केही जग्गा कारोबारीसँग पनि उनीहरुको सम्पर्क हुने गरेको देखिएको स्रोत बताउँछ । तर, ती व्यक्तिहरुको संलग्नता पुष्टि भइनसकेको एक अधिकृत दाबी गर्छन् ।

    सीआईबीका निर्देशक डीआईजी सिंह पनि केहीको संलग्नता देखिएकाले छिट्टै पक्राउ गर्ने बताए ।साभार‌‍…..onlinekhabar.com

    बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.