जनताको बिश्वासको धरोहर भएको एक मात्र संस्था सर्बोच्च अदालतमाथि हिलो छ्यापिदा समेत बोल्न नसकेको र मुल्यबृद्धि अनि कोरोना भाइरसका कारण आक्रान्त बनेका नेपाली जनताको ढाड सेक्ने गरी सरकारले एक हप्तामै दोश्रो पटक पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको छ । गत कार्तिक १२ गते नेपाली मात्रको दोश्रो ठुलो चाड तिहारको मुखमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको दलाल सरकारले गएरातीदेखी फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो।
नेपाल आयल निगममा रहेका बेथिति, बिकृति र भ्रस्टाचार अनि अधिक कर्मचारी कटौतीतिर ध्यान नदिएको वर्तमान सरकारले निगम घाटामा गएको भन्दै फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको नेपाल आयल निगमले एक प्रेस बिज्ञप्तिमार्फत जानकारी दिएको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ भने सर्वसाधारण जनतालाई मार पर्ने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्याइएको छ । अब पेट्रोल लिटरको एकसय ३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य एकसय १९ रुपैयाँ भएको छ । आन्तरिक तर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्याइएको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।
त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर आठ सय ९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।
मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू १७.५८, डिजेलमा १३.१४ रुपैयाँ घाटा रहेको निगमले बताएको छ । ग्यासमा प्रति सिलिन्डर रू ६५७.८४ घाटा छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशंसंग ५४ रुपैयाँमा किनेको पेट्रोल एकसय ३६ रुपियाँमा बिक्री गर्दा पनि अझै घाटामा रहेको नेपाल आयल निगमले जिकिर गरिरहेको छ।




